राजगञ्जमा मास्क नलगाउने 5 जना पक्राउ

राजगञ्ज : कोरोना संक्रमणको बढ्दो मामिलालाई ध्यानमा राखेर राज्यमा आंशिक लकडाउन घोषणा गरेपछि पुलिस प्रशासनले मास्क नलगाई घुमफिर गर्ने मानिसहरू विरुद्ध कठोर कार्वाही गरिरहेको छ। राजगञ्ज ब्लकको आमबारी बजार इलाकामा आज आमबारी आउटपोस्ट पुलिसले अभियान चलाएर मास्क नलगाई हिँड्डुल गर्ने 5 जना मानिसलाई पक्राउ गरेको छ। यसको साथै पुलिसले कोरोनाबारे मानिसहरूलाई सचेतन गराइरहेको छ। मास्क नलगाई घुमफिर गर्नेहरूविरुद्ध पुलिसको अभियान लगातार जारी रहने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *