राजगञ्जमा नाबालिकासित सामूहिक दुष्कर्मपछि हत्या गरेको आरोपमा 3 पक्राउ

राजगञ्ज: राजगञ्जमा एउटी नाबालिकासित सामूहिक दुष्कर्म गरेपछि तिनको हत्या गरेको आरोपमा पुलिसले 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू राजगञ्जको प्रधानपाड़ा निवासी 30 वर्षीय रहमान अली, शौलमारी निवासी 28 वर्षीय जमीरुल हक र सदर ब्लक जहुरीको डाङ्गामारी इलाका निवासी 32 वर्षीय तमीरुल हकको रूपमा सामेल छन्। स्थानीय तथा पुलिस सूत्रले दिएको जानकारी अनुसार गत 10 अगस्तको साँझ राजगञ्जको सन्न्यासीकाटा ग्राम पञ्चायत अन्तर्गत पर्ने लाल स्कुल बालाबाड़ी निवासी रफीकुल इस्लामकी छोरी निखोज भएपछि परिवारका सदस्यहरूले भोलिपल्ट यसबारे राजगञ्ज थानामा छोरी निखोज भएकोबारे एउटा अभियोग दर्ता गरे। अभियोगको आधारमा सीआई दीपोज्ज्वल भौमिकको नेतृत्वमा पुलिसले घटनाको जाँच शुरू गरेपछि हिजो पुलिसले रहमान अली, जमीरुल हक र तमीरुल हकलाई पक्राउ गरेको बताइएको छ। यसपछि पुलिसले सोधखोज गर्दा तिनीहरूले बारम्बार उक्त नाबालिकासित सामूहिक दुष्कर्म गरेपछि गत 15 अगस्तको दिन तिनको हत्या गरेर शव सेप्टिक ट्याङ्कीमा फ्याँदिएको स्वीकारे। यसपछि पुलिसले प्रधानपाड़ा निवासी एकजना व्यक्तिको घरको सेप्टिक ट्याङ्कीबाट उक्त नाबालिकाको शव उद्धार गरे। उक्त आरोपीहरूलाई आज जलपाईगढी अदालतमा पेश गरेपछि तिनीहरूलाई रिमान्डमा लिने न्यायाधीशसमक्ष माग गर्ने पुलिस सूत्रले जनाएको छ। अर्कोतिर, आज राजगञ्जका विधायक खगेश्वर राय र तृणमूल कांग्रेसको एससी, एसटी, ओबीसी सेलका जलपाईगढी जिल्ला अध्यक्ष कृष्ण दास मृतकको घरमा गएर परिवारका सदस्यहरूसित भेट गरी शोक समवेदना प्रकट गर्दै सदैव तिनीहरूको सहयोगको लागि तत्पर रहने बताए। विधायक रायले उक्त घटना दुखद साथै निन्दनीय घटना रहेको बताउँदै आरोपीहरूलाई फाँसीको सजाय दिनुपर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *