राजगञ्जमा नानीलाई गनेउला खुवाएको भीडियो भाइरल, आरोपी पक्राउ

राजगञ्ज : एकजना नानीलाई गनेउला खुवाएको भीडियो बनाएर फेसबुकमा पोस्ट गरेको आरोपमा पुलिसले एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक 18 वर्षीय सीटन रायको रूपमा चिन्हित गरिएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार आदर्शपल्ली इलाकाको वेल्कीपाड़ा निवासी सुभाष बर्मनको 9 वर्षको छोरा आलोक बर्मन आफ्ना साथीहरूसित खेलिरहेको समय सीटन राय नाम गरेको स्थानीय युवकले आलोकलाई डर देखाएर जबरजस्ती गनेउला खुवाएको बताइएको छ। आलोकको आमा पारुल बर्मनले बताएअनुसार तिनको छोरा आलोक गत सोमबार दिउँसो आदर्शपल्लीमा साथीहरूसित खेल्न गएको समय सीटन रायले पाँच रुपियाँको लोभ देखाएर छोरालाई गनेउला खान लगाए। यसपछि आलोकले गनेउला खान मनाही गर्दा उक्त युवकले डर देखाएर जबरजस्ती आलोकलाई गनेउला खुवायो। नानीले डरले गर्दा यसबारे घरमा कसैलाई केही भनेन। पछि छिमेकीको मोबाइलमा फेसबुकमार्फत् घटनाबारे थाहा पाए। तबदेखि आलोक बिरामी छ। गत बुधवार लोग्ने घरमा आएपछि आफूले घटनाबारे विस्तृत रूपमा जानकारी गराएपछि भोलिपल्ट नै आमबारी पुलिस आउटपोस्टमा गएर उक्त युवकविरुद्ध लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा पुलिसले आरोपी युवकलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *