राजगञ्जमा निःशुल्क आँखा जाँच शिविरको आयोजना

राजगञ्ज : राजगञ्ज थाना तथा ट्राफिक गार्डको पहलमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। राजगञ्ज थाना अधीनस्थ फाटापुकुर टोल गेट संलग्न ट्राफिक एसिस्टेन्ट बुथमा आज उक्त शिविरको आयोजना गरिएको छ। उक्त शिविरमा सिभिक भोलेन्टियर, वाहन चालक लगायत स्थानीय मानिसहरूले आँखा जाँच गराए। यसको साथै शिविरमा निःशुल्क चश्मा पनि प्रदान गरियो। यस अवसरमा राजगञ्ज थानाका आईसी पंकज सरकार, राजगञ्जका ट्राफिक ओसी बाप्पा साहा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *