राजगञ्जमा निःशुल्क आँखा जाँच शिविरको आयोजना

राजगञ्ज : राजगञ्जमा आज निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। सिलगढी आई मित्र अप्टिसियनको पहलमा तथा राजगञ्ज भाइ भाइ स्पोर्टिङ क्लबको सहयोगमा आयोजना गरिएको उक्त निःशुल्क आँखा जाँच शिविरमा इलाकाका मानिसहरू लगायत यसको छेउछाउका धेरैजना मानिसहरूले आँखा जाँच गराए। यस विषयमा विजय दासले भने, आई मित्र अप्टिसियनको पहलमा तथा क्लबको सहयोगमा आज निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा गाउँका धेरैजना मानिसहरूले आँखा जाँच गराए भने जाँच अवधि मोतिविन्दु समस्या भेट्टाइएका मानिसहरूको निःशुल्क अपरेसन गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *