राजगञ्जमा पक्का सड़कको मरमति कार्यको शिलान्यास

राजगञ्ज : जलपाईगढी जिल्ला परिषदको सभानेत्री उत्तरा बर्मनले आज राजगञ्जको पुटीमारीदेखि भालोबासा मोड़सम्म लगभग साढ़े पाँच किलोमीटर पक्का सड़कको मरमति कार्यको शिलान्यास गरे। पुटीमारीमा एउटा कार्यक्रमको माध्यमद्वारा आज पक्का सड़कको शिलान्यास गरियो। जलपाईगढी जिल्ला परिषदको देखरेखमा बङ्ग्ला सड़क योजनाअन्तर्गत 68 लाख 84 हजार रुपियाँको लागतमा उक्त सड़कको निर्माण गरिरहेको छ। यस सम्बन्धमा सभानेत्री उत्तरा बर्मनले भने, उक्त सडक केही गाउँका मानिसहरूको लागि पुटीमारी हुँदै सिलगढी सहर जाने वैकल्पिक मार्ग हो। यो सड़क 15 साल अघि वामफ्रन्टद्वारा बनाइएको थियो भने हालसम्म यसको मरमति गरिएको छैन। स्थानीय मानिसहरूले उक्त सड़कको मरमति गर्ने अनुरोध गरेका थिए। यस अवसरमा जिल्ला परिषदका सहायक सभाधिपति दुलाल देवनाथ, जिल्ला परिषदका कर्माध्यक्ष देवाशीष प्रामाणिक, ग्राम पञ्चायत प्रधान दिलीप राय लगायत इलाकाका जनप्रतिनिधि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *