राजगञ्जमा पक्का सड़कको निर्माण कार्यको शिलान्यास

राजगञ्ज : जलपाईगढी जिल्ला परिषदका सभाधिपति उत्तरा बर्मनले आज राजगञ्ज ब्लकमा पक्का सड़कको निर्माण कार्यको शिलान्यास गरिन्। राजगञ्ज ब्लकको सुखानी ग्राम पञ्चायतको साहेबपाड़ा प्राथमिक विद्यालयदेखि छतपाडासम्म पक्का सड़कको निर्माण गरिने भएको छ। जलपाईगढी जिल्ला परिषद्को वित्तीय सहयोगबाट लगभग 19 लाख रुपियाँको लागतमा उक्त पक्का सड़कको निर्माण कार्य गरिने भएको छ। यस सम्बन्धमा जलपाईगढी जिल्ला परिषदका सभाधिपति उत्तरा बर्मनले भनिन्, स्थानीय मानिसहरूले धेरै समय अघिदेखि पक्का सड़क निर्माण गरिदिने माग गरिरहेको थियो। उक्त सड़कको निर्माणपछि इलाकाका मानिसहरूले धेरै सुविधा हुने तिनले बताइन्। यस अवसरमा राजगञ्ज विधायक खगेश्वर राय, जलपाईगढी डीपीएससी अध्यक्ष लक्ष्मण राय, राजगञ्ज पञ्चायत समिति अध्यक्ष पूर्णिमा राय लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *