राजगञ्जमा पोखरीबाट 2 जना नानीसहित आमाको शव उद्धार

राजगञ्ज : राजगञ्जको सुखानी ग्राम पञ्चायतको जितुपाडामा पोखरीबाट 2 जना नानीसहित आमाको मृतदेह उद्धार गरेको छ। मृतकहरू क्रमैले तमिना खातुन (22), अनिसा खातुन (5) र नाहिद मोहम्मद (2) सामेल छन्। स्थानीय सूत्रले दिएको जानकारीअनुसार हिजो साँझ जितुपाडाको आताबद्दीन मोहम्मदको स्वास्नी र दुईजना नानी निखोज भएपछि परिवारका सदस्यहरूले यताउता खोजी शुरू गरे। यसपछि इलाकाको एउटा पोखरीबाट 3 जनाको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर 3 वटा मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *