राजगञ्जमा राजवंशी एकता दिवस पालन

राजगञ्ज : राजवंशी जनजातिको संस्कृतिलाई बचाइ राख्ने तथा जनजातिलाई अघि बढाएर लैजाने उद्देश्य लिएर राजगञ्जमा एकता दिवस पालन गरियो। राजगञ्जको फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत कञ्चनबारीमा भारतको राष्ट्रिय ध्वज र राजवंशी जनजातिको झण्डा उत्तोलन गरियो। यस अवसरमा फुलबारी ग्राम पञ्चायत प्रधान दिलीप राय, मतिन चन्द्र राय लगायत राजवंशी समुदायका शीर्ष व्यक्तिहरू उपस्थित थिए। आयोजक कमिटीले बताएअनुसार एकता दिवसको मुख्य उद्देश्य राजवंशी समुदायको नयाँ पिँढ़ीलाई एकजुट भएर राजवंशी समुदायको संस्कृतिबारे अवगत गराउनु तथा यसको जगेरा गर्नु रहेको बताए। राजवंशी जनजातिहरूलाई एकजुट गरेर पछि विविध कार्यक्रमहरूको आयोजना गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *