राजगञ्जमा रक्तदान तथा स्वास्थ्य जाँच शिविरको आयोजना

राजगञ्ज : पश्चिमबंग राज्य कर्मचारी फेडरेशन राजगञ्ज ब्लक कमिटीको पहल एवम् राजगञ्ज ग्रामीण अस्पतालको सहयोगमा आज रक्तदान तथा स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। राजगञ्ज ब्लकको कुकुरजान प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको उक्त रक्तदान तथा स्वास्थ्य जाँच शिविरको जलपाईगढी जिल्ला मुख्य स्वास्थ्य अधिकारी डा. रमेन्द्रनाथ प्रामाणिकले उद्घाटन गरे। संगठन सूत्रले दिएको जानकारीअनुसार रक्तदान शिविरमा मोठ 100 युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको साथै संग्रह गरिएको रगत जलपाईगढी ब्लक ब्याङ्कमा पठाइनेछ। आजको शिविरमा जिल्ला उप स्वास्थ्य अधिकारी ज्योतिष चन्द्र दास, डा. कल्याण कुमार मुखर्जी, ब्लक स्वास्थ्य अधिकारी शुभदीप सरकार, गोपाल घोष लगायत अन्य स्वास्थ्य कर्मीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *