राजगञ्जमा राष्ट्रिय युवा दिवस पालन

राजगञ्ज : भारत सरकार युवा कल्याण औ क्रीडा मन्त्रालय अधीनस्थ जलपाईगढी नेहरू युवा केन्द्रको सहयोग तथा दासपाडा नवदिशा समाज कल्याण व्यवस्थापनमा राजगञ्जमा राष्ट्रिय युवा दिवस पालन गरियो। यस अवसरमा शान्तिको सन्देश दिँदै एउटा र्‍याली निकालेर राजगञ्ज बजार इलाकाको परिक्रमा गर्यो। नवदिशा संस्थाको राजगञ्ज शाखाको तर्फबाट आनिसुर रहमानले बताएअनुसार स्थानीय युवकहरूलाई आ-आफ्नो इलाकामा शान्ति सन्देश फैलाउने विषयमा सचेतन गराइयो। यस अवसरमा स्थानीय समाजसेवी शिक्षक खयरूल मोहम्मद, विप्लव दास लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *