राजगञ्जमा सडक दुर्घटनामा एकजनाको मृत्यु, अन्य दुईजना घाइते

राजगञ्ज : राजगञ्ज ब्लकको पानीकौरी ग्राम पञ्चायतको बाघडुग्रा इलाकामा सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर रूपमा घाइते भएका छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज साँझ बाघडुग्रा इलाकामा एउटा स्कुटी र बाइक आपस्तमा ठोक्किँदा घटनास्थलमा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई तत्कालै उद्धार गरेर नजिकैको स्वास्थ्य केन्द्रमा उपचारको लागि पठाइएको छ। घटनाको खबर पाएर बेलाकोवा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर बाइक र स्कुटीलाई आफ्नो नियन्त्रणमा लिनको साथै पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *