राजगञ्जमा सड़क दुर्घटनामा तीनजना घाइते

राजगञ्ज :  राजगञ्ज ब्लकको सन्न्यासीकाटा ग्राम पञ्चायत इलाकामा बाइक र वाहन ठोक्किँदा 3 जना घाइते भएका छन्। घाइतेहरू सन्न्यासीकाटा ग्राम पञ्चायतको बक्सिपाडा निवासी 24 वर्षीय सञ्जय मालाकार, 27 वर्षीय सुमित्रा मालाकार र 28 वर्षीय प्रदीप मालाकार एउटै परिवारका हुन्। स्थानीय सूत्रले दिएको जानकारीअनुसार गत राति 8 बजी एउटा बाइक र एउटा अल्टो वाहन सँगसँगै द्रुत गतिमा राजगञ्जदेखि गाडरातर्फ गइरहेको समय अचानक बाइक दाहिनेतर्फ जाने क्रममा अल्टो वाहनले पछिल्तिरबाट धक्का दिँदा बाइकमा सवार चालक लगायत दुईजना आरोही सडकमा लडेँ।


अर्कोतिर, उक्त वाहन सडक किनारमा रहेको ड्रेनमा पस्यो। तत्कालै स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर उपचारको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा पठाइयो। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *