राजगञ्जमा सडक दुर्घटनामा 4 जना विद्यार्थी घाइते

राजगञ्ज : टोल ट्याक्स नतिर्नको लागि धेरैजसो वाहनहरू राजगञ्ज बजार भएर जाने क्रममा आज भएको सडक दुर्घटनामा 4 जना विद्यार्थीहरू घाइते भएका छन्। उक्त घटना राजगञ्ज ब्लकको पानीकौरी इलाकामा घटेको हो। घटनाक्रमअनुसार सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको पानीकौरी र फाटापुकुर माझ एउटा टोल प्लाजा रहेको छ। उक्त टोल प्लाजामा ट्याक्स नतिर्नको लागि धेरैजसो वाहनहरू राजगञ्ज बजार भएर चलाचल गर्ने गर्दछ। आज बिहान जलपाईगढीतर्फ गइरहेको एउटा चार चक्के यात्री वाहन टोल ट्याक्स नतिर्नको लागि राजगञ्ज बजार भएर गइरहेको समय यहाँको स्कुलपाडामा एउटा बाइकलाई धक्का दिँदा उक्त बाइक अनियन्त्रित भएर सडकमा हिँडिरहेका प्राथमिक विद्यालयका 4 जना विद्यार्थीलाई धक्का दिएपछि तिनीहरूलाई सामान्य चोट लागेको बताइएको छ। दुर्घटनापछि स्थानीय मानिसहरूले उक्त वाहनलाई रोकेर राखेर विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर वाहन आफ्नो नियन्त्रणमा लिएर थानामा लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *