राजगञ्जमा सडक निर्माण कार्यको विधायकद्वारा शिलान्यास

राजगञ्ज (निसं): राजगञ्जका विधायक खगेश्वर रायले आज पक्का सडकको निर्माण कार्यको शिलान्यास गरे। राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायत अन्तर्गत पतिलाभाषा इलाकामा उक्त सडक निर्माण कार्यको शिलान्यास गरिएको छ। उत्तरबंग विकास विभागको सहयोगमा लगभग 1 करोड 25 लाख रुपियाँको लागतमा उक्त सडकको निर्माण गरिने भएको छ। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले भने, यो सडक महत्वपूर्ण सडक हो। इलाकाका मानिसहरूले धेरै अघिदेखि सडकको माग गरिरहेका थिए। उक्त सडक निर्माण भएपछि इलाकाका मानिसहरूलाई निक्कै सुविधा हुनेछ। यस अवसरमा राजगञ्ज पञ्चायत समितिकी अध्यक्ष रूपाली दे सरकार, जिल्ला परिषद सदस्य रणबीर मजुमदार,  ग्राम पञ्चायत प्रधान प्रभा कुजूर लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *