राजगञ्जमा सड़क निर्माण कार्य शुरू

राजगञ्ज : राजगञ्जको बिन्नागुड़ी ग्राम पञ्चायतस्थित क्यानल मोड़देखि हरिचरणभिटासम्म लगभग साढ़े तीन किलोमिटर लामो सड़कको निर्माण कार्य शुरू गरिने भएको छ। जलपाईगढी जिल्ला परिषदको तर्फबाट 58 लाख रुपियाँको लागतमा उक्त सड़क निर्माण कार्य सम्पन्न हुने भएको छ। बुधबार जिल्ला परिषदकी सभाधिपति उत्तरा बर्मनले उक्त सड़क निर्माण कार्यको विधिवत् उद्घाटन गरिन्। उक्त सड़क निर्माण भएपछि बनियापाड़ा, बीरबान र हरिचरणभिटा गाउँका मानिसहरूलाई यातायात गर्नमा निक्कै सुविधा पुग्ने बताइएको छ। आजको उद्घाटन कार्यक्रममा जलपाईगढी जिल्ला परिषदका मेन्टर अहिदार रहमान, राजगञ्ज पञ्चायत समितिकी अध्यक्षा पूर्णिमा राय, ग्राम पञ्चायत प्रधान शशि चन्द्र बर्मन एवम् उप प्रधान तुषार कान्ति दत्तलगायत अन्य मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *