राजगञ्जमा ‘सेफ ड्राइभ सेभ लाइफ’ कार्यक्रम

राजगञ्ज : राजगञ्जको बन्धुनगरमा सेफ ड्राइभ सेभ लाइफकार्यक्रमको आज आयोजना गरियो। सिलगढी मेट्रोपोलिटन पुलिसको आमबारी-फालाकाटा थाना आउटपोस्ट पुलिसको पहलमा आज राजगञ्जको बन्धुनगरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो। यस कार्यक्रमको माध्यमद्वारा साधारण मानिसहरूलाई यातायातको नियमहरूबारे जागरूक गराउँदै हेलमेट लगाउनुको आवयश्कताबारे अवगत गराए।


यसको साथै हेलमेट नलगाएका चालकहरूलाई हेलमेट र इलाकाका विद्यार्थीहरूलाई पाठ्य सामग्रीहरू पनि पुलिस अधिकारीहरूले वितरण गरे। सिलगढी इन्डियन रेड क्रस सोसाइटीको तर्फबाट इलाकाका आवश्यकमन्द मानिसहरूलाई नि:शुल्क स्वास्थ्य एवम् नेत्र जाँच शिविरको पनि आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *