राजगञ्जमा सहिद भाजपा कार्यकर्ता उलेन रायको पुण्यतिथि पालन

राजगञ्ज : राजगञ्जमा सहिद भाजपा कार्यकर्ता उलेन रायको प्रथम पुण्यतिथि आज पालन गरियो। भाजपा नेतृत्वहरूको उपस्थितिमा आज सहिद वेदीमा माल्यार्पण गरेर श्रद्धा सुमन अर्पण गरियो। यस अवसरमा भाजपा राज्य उपाध्यक्ष दीपेन प्रामाणिकले बताएअनुसार उलेन रायको आत्म बलिदान हामीले भुलेका छैनौँ अनि भुल्ने पनि छैनौँ। तिनको परिवारका साथमा आफूहरू सदैव रहेको अनि भविष्यमा पनि रहनेछौँ। आगामी वर्ष भित्रमा स्थायी सहिद वेदी निर्माण गरेर सहिद दिवस पालन गरिने तिनले बताए। यस अवसरमा भाजपा राज्य उपाध्यक्ष दीपेन प्रामाणिक, भाजपा जलपाईगढी जिल्ला अध्यक्ष बापी गोस्वामी लगायत संगठनका जिल्ला तथा ब्लक कमिटीका सदस्यहरू उपस्थित थिए। स्मरण रहोस्, गत वर्ष 7 दिसम्बरको दिन भाजपाको उत्तरकन्या अभियान अवधि भाजपा कार्यकर्ता उलेन राय सहिद भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *