राजगञ्जमा संयुक्त मोर्चाको उम्मेद्वार रतन राय

राजगञ्ज: राजगञ्ज विधानसभा आसनबाट संयुक्त मोर्चा (माकपा)-का उम्मेद्वार रतन रायको नाम घोषणा गरिएको छ। राजगञ्ज विधानसभा क्षेत्रको सुखानी इलाकाको जमुरीभीटा इलाका निवासी रतन राय सीपीएम पार्टीका विधायक उम्मेद्वारको रूपमा नयाँ अनुहार हुन्। रतन रायलाई उम्मेद्वारका रूपमा घोषणा गरेपछि वाम सङ्गठनका सदस्यहरूमा खुशी देखिएको छ। कार्यकर्ता तथा समर्थकहरूले आज रतन रायलाई तिनकै घरमा पुगेर फूल-माला लगाइदिएर अभिनन्दन जनाए। यस अवसरमा रतन रायले बताए अनुसार तिनको मुख्य एजेन्डा शिक्षा, कृषि र रोजगार रहेको बताए। राजगञ्ज विधानसभा इलाकाको 90 प्रतिशत मानिसहरूको वाम दलमाथि भरोसा रहेकोले आफ्नो जीत सुनिश्चित रहेको तिनले दावी गरे। तिनले राजगञ्जमा आफ्नो मुख्य प्रतिद्वन्द्वी तृणमूल कांग्रेस रहेको तर खगेश्वर राय र कृष्ण दासमाझको लड़ाईलाई आफुले विशेष महत्व नदिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *