राजगञ्जमा सप्ताहमा एक दिन बिहिबार सबै दोकानहरू बन्द रहने

राजगञ्ज : कोरोनाको बढ्दो मामिलालाई ध्यानमा राखेर प्रशासनले राजगञ्जको बेलाकोवा र बटतलाको सबै दोकानहरू सप्ताहमा एक दिन बन्द राख्ने आदेश जारी गरेको छ। यहाँको बजार इलाकाको सबै दोकानहरू सप्ताहमा एक दिन अर्थात् बिहिबार बन्द राख्ने निर्देश दिएको छ। यसको साथै शिकारपुर हाट सप्ताहमा दुई दिन दिउँसो 2 बजीसम्म खुल्ला रहनेछ। यस सम्बन्धमा आज राजगञ्ज थाना अन्तर्गत बेलाकोवा आउटपोस्टका देवी चौधुरानी कक्षमा बेलाकोवा पुलिस आउटपोस्टको पहलमा एउटा बैठक बसेर उक्त निर्णय लिएको बताइएको छ। यस अवसरमा जोइन्ट बीडीओ, थानाका ओसी, स्थानीय प्रधान एवम् व्यवसायी समितिका प्रतिनिधिहरू उपस्थित थिए। कोरोनाको स्थिति सामान्य नहुञ्जेलसम्म उक्त निर्देश जारी रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *