राजगञ्जमा सासुको नामको मतदान गर्‍यो बुहारीले

राजगञ्ज : राज्यको लगभग 697 बुथहरूमा केन्द्रीय वाहिनीको कठोर सुरक्षाबीच आज बिहानदेखि मतदान सम्पन्न भइरहेको छ। यसै क्रममा राजगञ्जको सन्न्यासीकाटाको जुम्मागछ 18/121 नम्बर बुथमा लगभग 9 बजीदेखि मतदान शुरू भयो। उक्त बुथमा सासुको नामको मतदान तिनको बुहारीले गरिरहेको देखियो। उक्त महिलाले बताएअनुसार सासु बिरामी भएकोले गर्दा तिनको नामको मतदान आफूले खसालेको हो। यस सम्बन्धमा बुथका प्रिसाइडिङ अफिसरले भने, मतदान शान्तिपूर्ण ढङ्गमा सम्पन्न भइरहेको छ। विकलाङ्गहरूको परिवारका सदस्यहरूलाई चुनाउ बुथभित्र प्रवेश गर्ने अनुमति दिइरहेको छ। यदि कुनै प्रकारको अनियमितता भए त्यसबारे ध्यान दिइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *