राजगञ्जमा शान्ति बनाइ राख्नको निम्ति पुलिस थानामा सर्वदलीय बैठक

राजगञ्ज : चुनाउको परिणाम आएपछि राजगञ्ज पुलिसले सहरमा शान्ति बनाइ राख्ने उद्देश्य लिएर आज राजगञ्ज थानामा सर्वदलीय बैठक गरे। चुनाउ परिणामपछि राजगञ्ज विधानसभाको धेरैवटा ठाउँहरूमा राजनीतिक हिंसा भइरहेको साथै राजनीतिक हिंसालाई लिएर एका-अर्कामाथि आरोप प्रत्यारोप लगाइरहेकोले गर्दा नै इलाका शान्ति बनाइ राख्नको लागि राजगञ्ज पुलिसले आज एउटा सर्वदलीय बैठक गरेको बताइएको छ। बैठकमा पुलिसको तर्फबाट सबै राजनीतिक पार्टीका प्रतिनिधिहरूलाई सहरमा शान्ति-शृङ्खला बनाइ राख्ने अपील पनि गरियो। आईएनटीटीयुसीको जलपाईगढी जिल्लाका कार्यवाहक अध्यक्ष तपन देले बताएअनुसार भाजपाका केही मानिसहरूले सोशल मीडियामा झुटो अफवाह फैलाइरहेका छन्। यसैले भाजपा नेतृत्वलाई यस प्रकारको कार्य बन्द गर्ने तिनले अपील गरेका छन्। भाजपाको राजगञ्ज दक्षिण मण्डलका अध्यक्ष विधान झाले आफूहरू शान्तिको पक्षमा रहेको बताउँदै यदि पार्टीका कसैले पनि झुटो अफवाह फैलाइरहेको छ भने सो स्वीकार नगरिने जनाए। उक्त बैठकमा जलपाईगढीका डीएसपी समीर कुमार पाल, राजगञ्ज थानाका आईसी पंकज कुमार सरकार, तृणमूल, भाजपा, सीपीएम र कङ्ग्रेस लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *