राजगञ्जमा स्वामी प्रणबानन्द महाराजको 126औँ जन्मजयन्ती पालन

राजगञ्ज : स्वामी प्रणबानन्द महाराजको 126औँ जन्मजयन्ती आज राजगञ्जमा पालन गरियो। राजगञ्ज ब्लकको प्रणबानन्द सेनटेनारी शिक्षायातनमा स्वामी प्रणबानन्दको जन्मजयन्ती पालन गरियो। विशिष्ट शिक्षाविद् तथा विद्यार्थीहरूलाई लिएर स्वामी प्रणबानन्दको नीति, आदर्शबारे चर्चा परिचर्चा गरियो। यस अवसरमा स्वामी अतिशानन्दले भने, आज शुभ दिन हो। भारत सेवाश्रम संघको प्रतिष्ठता स्वामी प्रणबानन्द महाराजको 126औँ जन्मजयन्त आज पालन गरियो। विभिन्न शिक्षाविद् तथा अन्य व्यक्तिहरूले स्वामी प्रणबानन्द महाराजलाई श्रद्धा सुमन अर्पण गरे। यस अवसरमा 2021 सालमा माध्यमिक परीक्षा उतीर्ण भएका विद्यार्थीहरूलाई सम्मानित गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *