राजगञ्जमा ठाकुर पञ्चानन वर्माको जयन्ती पालन

राजगञ्ज: राजगञ्जमा रायसाहेब ठाकुर पञ्चानन वर्माको जन्मजयन्ती पालन गरियो। राजगञ्ज ब्लक अन्तर्गत माझियाली ग्राम पञ्चायतको मेन्हदीगछमा करतोआ नदी किनारमा चेयारीखाड़ीमा ठाकुर पञ्चानन वर्माको सालिगमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो। यस अवसरमा कुलगुरु कुलशिष्य तथा भक्त समाज सेवा संस्थानको केन्द्रीय कमिटीका सचिव हरदेव अधिकारी, जलपाईगढी जिल्ला कमिटीका अध्यक्ष करुणाकान्त अधिकारी, टयाल सिंह राय, बिमल राय, हसीबुल मोहम्मद लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *