राजगञ्जमा तीनवटा लरी ठोक्किँदा 1 जना घाइते

राजगञ्ज : राजगञ्जको सारियामा तीनवटा लरी ठोक्किँदा एकजना घाइते भएका छन्। उक्त घटना सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको सारियामा गत राति साढे 9 बजी घटेको हो। प्राप्त जानकारीअनुसार सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गमा एउटा रोकेर राखेको लरीलाई दुईवटा लरीले पछिल्तिरबाट धक्का दिँदा एकजना चालक गम्भीर रूपमा घाइते भएका छन्। घटनाको खबर पाएर दमकल एवम् राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर ग्यास कटरको सहयोगमा घाइते व्यक्तिलाई उद्धार गरेर अस्पतालमा पठाएको छ। पुलिसले दुर्घटनाग्रस्त वाहनलाई उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *