राजगञ्जमा ट्रेलर र ट्रक ठोक्किँदा 1 जनाको मृत्यु, 3 जना घाइते

राजगञ्ज (निसं): फुलबारी-घोषपुकुर बाईपास रोडमा ट्रेलर र ट्रक आपस्तमा ठोक्किँदा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार घटना हिजो मंगलवार अबेर राति फाँसीदेवा थाना अन्तर्गत दाराबक्स  इलाकामा घटेको हो। दुर्घटना भएको थाहा पाएपछि स्थानीय मानिसहरूले दुर्घटना स्थलमा पुगेर दुवैवटा वाहनमा सवार चारमध्ये तीनजना घाइतेहरूलाई वाहनबाट निकालेर तत्कालै अस्पताल पठाए भने एकजना व्यक्ति ट्रेलरभित्र गम्भीर अवस्थामा चेप्टिएको अवस्थामा थियो। यसपछि घटनास्थलमा आइपुगेका दमकल र पुलिसकर्मीहरूले क्रेनको सहयोगमा उक्त व्याक्तिलाई त्यहाँबाट निकाले तापनि तिनको मृत्यु भइसकेको थियो। आज बिहान दुर्घटनाग्रस्त दुवै वटा वाहनलाई क्रेनको सहयोगमा सडकबाट हटाएपछि यातायात परिसेवा सुचारु गरियो। फाँसीदेवा थाना पुलिसले मामिलाको जाँच शुरू गरेको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *