राजगञ्ज : आउँदो विधानसभा चुनाउलाई केन्द्र गरेर तृणमूल एससी एसटी ओबिसी सेल-को तर्फबाट आज राजगञ्जमा बाइक र्याली निकालिइयो। जलपाईगढी जिल्ला एससी एसटी ओबीसी सेलको पहलमा सदर ब्लकको सीपाईपाडा प्राथमिक विद्यालयको प्राङ्गणबाट एउटा बाइक र्याली निकालेर राजगञ्जको बिन्नागढी अञ्चलको पागलुपाडासम्म पुगेपछि समापन गरियो। उक्त बाइक र्यालीमा 10 हजार पार्टीका कार्यकर्ताहरूले अंश ग्रहण गरेको बताइएको छ।