राजगञ्जमा तृणमूलको तर्फबाट सहिद दिवस पालन

राजगञ्ज : राजगञ्जमा तृणमूलको तर्फबाट आज 21 जुलाईको दिन सहिद दिवस पालन गरियो। जलपाईगढी तृणमूल कङ्ग्रेस सपोर्टस कम्युनिटी कमिटीको सहयोगमा राजगञ्ज ब्लकको सन्न्यासीकाटा ग्राम पञ्चायतको सन्तोषपाड़ामा आज सहिदहरूलाई स्मरण गर्दै सहिद वेदीमा माल्यर्पण गरेर तिनीहरूलाई श्रद्धाञ्जलि अर्पण गरियो। यस सम्बन्धमा दीपयन दत्तले बताएअनुसार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको आह्वानमा आज कोलकाताको धर्मतलामा सहिद दिवस मनाइरहेको छ। उक्त सहिद दिवस कार्यक्रममा सामेल हुनको लागि केही कार्यकर्ता तथा समर्थक कोलकाता जान नसकेकोले गर्दा इलाकामै आज सहिद दिवस पालन गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *