राजगञ्जमा युवतीको उपचारको लागि समाजसेवी देवाशीष सरदारले गरे आर्थिक सहयोग

राजगञ्जराजगञ्ज निवासी एउटी युवतीको उपचारको लागि समाजसेवी देवाशीष सरदारले आर्थिक सहयोग गरेका छन्। राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत 9 नम्बर कोलनी निवासी छबि बसाककी छोरी बिना बसाक सानै उमेरदेखि जटिल रोगले ग्रसित छन्। तिनको आँखामा समस्या रहेकोले गर्दा हाल तिनले एउटा आँखा देख्दैनन्। छबि बसाकले बताएअनुसार छोरी सानो छँदा बिरामी भएकोले गर्दा त्यहीँ समयदेखि नै तिनको आँखाको समस्या देखापरेको छ। यसले गर्दा छोरी बिहे गर्न सकेको छुइनँ। छोरीको उपचारको लागि धेरै रुपियाँको आवश्यकता रहेको छ। आर्थिक अभावले गर्दा छोरीको उपचार गर्न सकेको छुइनँ। खबर सुनेर समाजसेवी देवाशीष सरदार आज युवतीको घरमा पुगेर परिवारका सदस्यसित भेट गरे। यसको साथै तिनले युवतीको उपचारको लागि केही आर्थिक सहयोग प्रदान गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *