राजगञ्ज पञ्चायत समितिको तर्फबाट दिव्याङ्गहरूलाई व्हिलचेयर वितरण

राजगञ्ज (निसं): राजगञ्ज पञ्चायत समितिले दिव्याङ्गहरूलाई व्हिलचेयर वितरण गर्यो। आज राजगञ्ज ब्लकको विभिन्न अञ्चलका 12 जना दिव्याङ्गहरूलाई व्हिलचेयर प्रदान गरियो। राजगञ्ज पञ्चायत समिति अध्यक्ष रूपाली दे सरकार र राजगञ्जका बीडीओ प्रशान्त बर्मनको बाहुलीबाट आज दिव्याङ्गहरूलाई व्हिलचेयर प्रदान गरियो। राजगञ्जको पञ्चायत समिति अध्यक्ष रूपाली दे सरकारले भनिन्, आज राजगञ्ज ब्लकको डबग्राम, सन्न्यासीकाटा सहित विभिन्न अञ्चलका लगभग 12 जना दिव्याङ्गहरूलाई व्हिलचेयर प्रदान गरियो। आफूहरूलाई आवेदन गरेको केही मानिसहरूलाई आज व्हिलचेयर प्रदान गरियो भने आगामी दिनमा पनि व्हिलचेयर प्रदान गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *