राजगञ्ज पुलिसद्वारा परिक्षार्थीहरूलाई गुलाबको फुल तथा कलम वितरण

राजगञ्ज : माध्यमिक परीक्षा आजदेखि शुरू भएको छ। राजगञ्ज थानाका पुलिसले परिक्षार्थीहरूलाई गुलाबको फुल र कलम वितरण गर्यो। आज राजगञ्ज थानाका आईसी पंकज सरकार तथा थानाका अन्य पुलिस कर्मीहरूले राजगञ्ज थाना अन्तर्गत विभिन्न स्कुलहरूको निरीक्षण गरे। यसको साथै विद्यार्थीहरूलाई परीक्षाको लागि शुभकामना दिँदै कलम प्रदान गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *