राजगञ्ज पुलिस र जलपाईगढी जिल्ला पुलिस-द्वारा सड़क सुरक्षा सप्ताह पालन

राजगञ्ज : राजगञ्ज थाना र जलपाईगढी जिल्ला पुलिसको संयुक्त पहलमा सड़क सुरक्षा सप्ताह मनाइयो। राजगञ्ज ब्लकको बेलाकोवा बटतलामा सेफ ड्राइभ सेभ लाइफको माध्यमद्वारा आज सडक सुरक्षा सप्ताह पालन गरियो। यस अवधि पुलिसको पहलमा बाइक चालकहरूलाई ट्राफिक नियमहरूबारे जागरूक गराइयो। यसको साथै हेलमेट बिनै बाइकमा सवार व्यक्तिहरूलाई हेलमेट र गुलाबको फुल प्रदान गरियो। यसबाहेक  साइकल दुर्घटना कम्ती गराउने उद्देश्य लिएर साइकलमा रिफ्लेक्टर लगाइदिनको साथै पैदल हिँड्ने मानिसहरूलाई माक्स पनि वितरण गरियो। यस अवधि राजगञ्ज विधायक खगेश्वर राय, राजगञ्ज पञ्चायत समितिकी अध्यक्ष पूर्णिमा राय, जलपाईगढी जिल्ला पुलिस अधीक्षक प्रदीप कुमार यादव, अतिरिक्त पुलिस अधीक्षक सन्दीप मण्डल, डीएसपी ट्राफिक मलय कुमार दास, डीएसपी मुख्यालय प्रदीप कुमार सरकार, सीआई सदर दीपोज्जवल भौमिक लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *