राजगञ्ज पलिटेक्निक कलेज अघि सडक दुर्घटनामा 2 जना गम्भीर घाइते

राजगञ्ज : बेलाकोवा कलेजपाडा संलग्न राजगञ्ज पलिटेक्निक कलेज अघि सडक दुर्घटनामा 2 जना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारी अनुसार स्टेसन कोलनी निवासी विप्लव मजुमदार गत राति 10 बजी कलेज मोडदेखि राजगञ्ज पलिटेक्निक कलेजतर्फ वकमा निस्केका थिए। त्यस समय फाटापुकुरबाट बेलाकोबातर्फ तीव्र गतिमा आइरहेको एउटा बाइकले विप्लव मजुमदारलाई धक्का दिँदा बाइक चालकसहित विप्लव मजुमदार गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई तत्कालै उद्धार गरेर बेलाकोवा ग्रामीण अस्पतालमा लगियो। तिनीहरूको अवस्था आशंकाजनक रहेकोले गर्दा विप्लव मजुमदारलाई जलपाईगढी सुपर स्पेसिलिटी अस्पतालमा अनि बाइक चालकलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। घटनाको खबर पाएर बेलाकोवा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *