राजगञ्ज सन्न्यासीकाटाको काली मन्दिरमा चोरी

राजगञ्ज : राजगञ्जको सन्न्यासीकाटास्थित काली मन्दिरमा चोरी भएको छ। राजगञ्ज ब्लकको सन्न्यासीकाटा ग्राम पञ्चायतको कुतबगछ गाउँको काली मन्दिरमा गत राति चोरी भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार सदा झैँ हिजो साँझ मन्दिरमा पुजा अर्चना गरियो। यसपछि आज बिहान मन्दिर खोल्न जाँदा मन्दिरको गेटको ताला भत्केको अवस्था रहेको साथै माताको सुन-चाँदीको गर-गहना, दानपात्र लगायत अन्य सामग्रीहरू चोरी भएको थाहा पाए। घटनाबारे राजगञ्ज थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *