राजगञ्ज थानाद्वारा सेफ ड्राइभ सेभ लाइफ कार्यक्रम पालन

राजगञ्ज : राजगञ्ज थानाको तर्फबाट आज सेफ ड्राइभ सेभ लाइफ कार्यक्रम पालन गरियो। जलपाईगढी जिल्ला पुलिस तथा राजगञ्ज थाना पुलिसको पहलमा एनसीसी क्याडेट एवम् स्कुलका विद्यार्थीहरूलाई लिएर सेफ ड्राइभ सेभ लाइफ कार्यक्रम पालन गर्दै सचेतनतामूलक र्‍याली पनि निकालिइयो। जलपाईगढी जिल्ला पुलिसका सुपर देवर्षी दत्तले उक्त कार्यक्रमको माध्यमद्वारा हेलमेटविहीन बाइक चालकहरूलाई हेलमेट प्रदान गरे।


यसको साथै स्कुलका विद्यार्थीहरूलाई लिएर क्विज प्रतियोगिता, राजगञ्ज ग्रामीण अस्पतालको सहयोगमा स्वास्थ्य जाँच तथा कोरोना टीकाकरण शिविरको पनि आयोजना गरियो। यस अवसरमा जलपाईगढी जिल्ला पुलिस सुपर देवर्षी दत्त, अतिरिक्त पुलिस सुपर सन्दीप सेन, राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज थानाका आईसी पंकज सरकार, जलपाईगढी जिल्ला शिक्षा संसदका चेयरम्यान लक्ष्यमोहन राय, राजगञ्ज पञ्चायत समितिका सभापति पुर्णिमा राय लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *