राजगञ्ज थानाको पहलमा रक्तदान शिविरको आयोजना

राजगञ्ज :  कोरोना परिस्थितिमा हाल रगतको समस्या देखा परेकोले गर्दा राजगञ्ज थाना पुलिसले रगतको कमी दूर गर्ने उद्देश्य लिएर आज रक्तदान शिविरको आयोजना गर्यो। राजगञ्ज थाना परिसरमा आयोजना गरिएको उक्त रक्तदान शिविरमा पुलिस अधिकारीहरू, पुलिस कर्मी लगायत सिभिक भोलिन्टियरहरूले रक्तदान गरे। यस अवसरमा पुलिस अधिकारीले बताएअनुसार हाल कोरोनाको दोस्रो लहरको प्रकोप बढ्दै गइरहेको छ भने यहाँको विभिन्न अस्पतालमा रगतको संकट देखापरेकोले गर्दा आज राजगञ्ज थाना परिसरमा रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा लगभग 50 युनिट रगत संग्रह गर्ने लक्ष्य रहेको छ भने संग्रहित गरेको रगत जलपाईगढी जिल्ला अस्पतालको ब्लड ब्याङ्कमा पठाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *