राजगञ्ज थानाको तर्फबाट रक्तदान शिविरको आयोजना

राजगञ्ज : राजगञ्ज थानाको तर्फबाट आज एउटा रक्तदान शिविरको आयोजना गरियो। राजगञ्ज थानामा आयोजना गरिएको उक्त शिविरमा पुलिस अधिकारी, पुलिस कर्मी लगायत सिभिक भोलेन्टियरहरूले रक्तदान गरे भने उक्त शिविरमा लगभग 50 युनिट रगत संग्रह गरेको बताइएको छ। कोरोना महामारीले गर्दा विभिन्न अस्पतालमा रगतको संकट देखापरेकोले गर्दा नै जलपाईगढी जिल्ला पुलिसको पहलमा उक्त रक्तदान शिविरको आयोजना गरिएको पुलिस अधिकारीले बताए।  संग्रह गरिएको रगत जलपाईगढी जिल्ला अस्पतालको ब्लड ब्याङ्कमा पठाइने बताइएको छ। यस अवसरमा सीआई सदर दीपोज्ज्वल भौमिक, राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज थानाका अधिकारी प्रबीर दत्त लगायत अन्य पुलिस अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *