राजगञ्जमा सडेको अवस्थामा शव उद्धार

राजगञ्ज : राजगञ्जको मान्तादारी इलाकामा शुक्रबार सडेको-गलेको अवस्थामा मृतदेह उद्धार भएको छ। प्राप्त जानकारीअनुसार केही श्रमिकहरूले शुक्रबार आमबारी गजलडोबा सडक नजिकको जङ्गलको साफ-सफाई गरिरहेको समय सडेको-गलेको अवस्थामा मृतदेह देखेपछि यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *