राजगञ्जमा आगो लागेर घर भष्म, पिडित परिवारलाई भेटे विधायक खगेश्वर रायले

राजगञ्ज, 7 दिसम्बर (निसं): राजगञ्ज ब्लकको पानीकौरी गाउँमा गत राति आगोले जलेर एउटा घर भष्म भएको छ। घटनाको खबर पाएपछि आज राजगञ्जका विधायक खगेश्वर रायले पीडित परिवारसँग भेट गरेर तिनीहरूलाई सहयोगको आश्वासन दिएका छन्।
प्राप्त जानकारी अनुसार, राजगञ्ज ब्लकको पानीकौरी गाउँका निवासी संजीव सरकार श्रमिकको रूपमा काम गर्छन्। उनको घरमा उनकी पत्नी, छोरा र छोरी पनि छन्। गत राति उनका घरमा आगो लाग्दा घरमा कोही थिएन। दमकलको गाडी घटनास्थलमा पुग्न अगावै आगो लागेको देखेपछि स्थानीय मानिसहरूले आगो निभाउने प्रयास गरे तथापि त्यति बेलासम्म घरका सबै सर-सामानसहित सबै कागज पत्र जलेर भष्म भइसकेको थियो। घरका मालिक संजीव सरकारले भने, राति आगो लागेको समय घरमा कोही थिएन। म घर नजिकै एउटा विवाह समारोहमा गएका थिए। आगलागीमा घरको सबै सामान जलेर खाक भएको छ। हजार रुपियाँ नगदसहित लुगाफाटा अनि दुवै छोरा-छोरीका आवश्यक खाता-किताब लगायत अन्य सबै जलेर भष्म भएका छन्।
अर्कोतिर, यस घटनाबारे राजगञ्जका विधायक खगेश्वर रायले भने, आज बिहान मैले पानीकौरीमा संजीव सरकारको घरमा आगलागीको घटना भएको थाहा पाए। त्यसैले आज परिवारसँग भेट्न आएको छु। मैले त्रिपाल, कम्बल र केही लुगा-फाटा दिएको छु। पिडित परिवारलाई सरकारबाट पाउने सबै प्रकारको सहयोग दिलाउने व्यवस्था गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetbelugabahisritzbet girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetholiganbetmatbetimajbetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomimajbet giriş Built with ❤︎ by appycodes