राजगञ्ज ग्रामीण अस्पतालमा पुलिस क्याम्पको उद्घाटन

राजगञ्ज, 5 सितम्बर (निसं): राजगञ्ज ग्रामीण अस्पतालमा डाक्टर,स्वास्थ्य कर्मीहरू अनि बिमारीहरूको सुरक्षाका लागि पुलिस क्याम्पको विधिवत् उद्घाटन गऱ्यो। उक्त पुलिस क्याम्पको उद्घाटन आज जिल्ला पुलिस अधीक्षक उमेश गणपत खन्डबहाले अनि राजगञ्ज ग्रामीण अस्पतालका रोगी कल्याण समितिका चेयरम्यान तथा राजगञ्जका विधायक खगेश्वर रायले गरे।
प्राप्त जानकारी अनुसार उक्त पुलिस क्याम्पमा हरदम पुलिस तैनाथ रहनेछ। यहाँ एकजना एएसआई पुलिस अधिकारी, पुलिस अफिसर, कान्स्टेबल अनि सिभिक भोलेन्टियर रहनेछ। राजगञ्ज ग्रामीण अस्पतालमा 45 वटा पलङ भएको विभाग अनि डाक्टरहरूको संख्या 10 जना छन्। यहाँ प्रतिदिन लगभग 500 जना बिमारी आउने गर्छन्। अस्पतालदेखि राजगञ्ज थानाको दूरी केही किलोमीटर टाढामा रहेको छ। यसले गर्दा कुनै प्रकारको समस्या भइहाले पुलिसलाई अस्पताल पुग्न धेरै समय लाग्नेछ। उक्त पुलिस क्याम्प खोलिए पछि डाक्टर, नर्स, स्वास्थ्य कर्मीहरूले सुरक्षित महसूस गरेका छन्। यस सम्बन्धमा जिल्ला पुलिस अधीक्षक उमेश गणपत खन्डबहालेले भने, यो पुलिस क्याम्प केवल राजगञ्ज ग्रामीण अस्पतालमा मात्र नभएर जिल्लाको अन्य ग्रामीण अस्पताल, सदर अस्पताल, जिल्ला अस्पताल साथै सुपर स्पेशलिटी अस्पतालमा पनि क्याम्प बनाइने छ। सुरक्षाको लागि पुलिस क्याम्पमा चौबिसै घन्टा पुलिस तैनाथ रहनेछ। उक्त क्याम्पको उद्घाटन अवधि राजगञ्ज ग्रामीण अस्पतालका रोगी कल्याण समितिका चेयरम्यान तथा विधायक खगेश्वर राय, सीएमओएच असीम हलदर, ब्लक स्वास्थ्य अधिकारी राहुल राय, राजगञ्ज थानाका आईसी अनुपम मजूमदार लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes