राजगञ्ज, 13 दिसम्बर (निसं): राजगञ्जको भुटकी बजारमा मोबाइलको दोकानको टिन काटेर दुस्साहसिक चोरीको घटना भएकोले क्षेत्रमा सनसनी फैलिएको छ। प्राप्त जानकारी अनुसार, दोकानका मालिक कृष्ण दास अन्य दिन झै बिहीबार राति दोकान बन्द गरेर घर गएका थिए। आज बिहान उनी दोकान खोल्न आइपुगेपछि उनले सबै सामान लथालिङ्गै अवस्थामा देखे। त्यसपछि चोरीको घटना भएको थाहा पाए। दोकानबाट बनाउन ल्याएको ग्राहकहरूका थुप्रै पुरानो मोबाइल फोन, एउटा प्रिन्टर, चार्जर, डेटा केबल चोरी भएका छन्। दोकानका मालिक कृष्ण दासले भने, लगभग 40-45 हजार रुपियाँको सामान चोरी भएको छ। यस घटनाको सूचना राजगञ्ज थानालाई दिएको छ। यसैबीच, उक्त बजारका व्यवसायी हराधन साहाले भने, भुटकी क्षेत्रमा यस्ता चोरीका घटना निरन्तर घटिरहेका छन्। यसअघि पनि धेरै दोकानहरूमा चोरी भएको थियो। उनले उक्त क्षेत्रमा राति पुलिस गस्तीको माग गरेका छन्। पुलिस घटनाको जाँचमा जुटेको छ।
राजगञ्जको भुटकी बजारमा टिन काटेर दोकानमा चोरी, जाँचमा जुट्यो पुलिस

Share this story
More from North Bengal
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
Siliguriनक्सलबारीमा ब्राउन सुगर र नगद उद्धार प्रकरण: अझ 2 जना पक्राउ
नक्सलबारी, 6 जून (निसं): नक्सलबारी थाना पुलिसले ब्राउन सुगर र नगद उद्धार गरेको प्रकरणमा दुई जना थप लागूपदार्थ व्यवसायमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 15 मईमा नक्सलबारीको टुकरिया मोडस्थित एउटा घरमा पुलिसले छापा मार्दा 70 ग्राम ब्राउन सुगर र 2 लाख 65 हजार रूपियाँ नगद उद्धार गरिएको थियो। सोही राती पुलिसले तीन जनालाई पक्राउ गरेको थियो।…
Siliguriफूड सेफ्टी विभागद्वारा सिलगढीका होटल-रेस्टुँरेन्टमा फेरि विशेष अभियान
सिलगढीमा खाद्य सुरक्षा सम्बन्धी नियमहरूको निगरानी गर्न फूड सेफ्टी विभागले आज फेरि विशेष अभियान चलायो। आजको अभियान ईस्टर्न बाइपासको बाणेश्वर मोडदेखि आशीघर मोडसम्म चलाइएको थियो। यस क्रममा भक्तिनगर थाना, आशीघर चौकी, एनफोर्समेन्ट ब्रान्च र दमकल विभागको टोली उपस्थित रहेको थियो। उक्त अभियान अन्तर्गत, विभिन्न होटल, मिठाई पसल, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा एउटा मिठाई दोकानमा…
नक्सलबारीमा ब्राउन सुगरसहित दुई जना युवक पक्राउ
नक्सलबारी, 5 जून (निसं): नक्सलबारी थाना पुलिसद्वारा 23 ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम शोहान लामजेल र जिग्मी तामाङ रहेको छ। दुवै जना दार्जीलिङ सदर क्षेत्रका वासिन्दा हुन्। जानकारी अनुसार, गत राति उनीहरूले खोरीबारीस्थित पानीट्याङकी क्षेत्रबाट ब्राउन सुगर किनेर मोटरसाइकल मार्फत दार्जीलिङ जाँदै गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले नक्सलबारीको जाबडा मोड क्षेत्रमा अभियान…
