राजगञ्जमा आगो लागेर एउटा घर जलेर भष्म

राजगञ्ज (निसं): राजगञ्जको सीमा संलग्न साहेबपाडामा आगो लागेर एउटा घर जलेर भष्म भएको छ। प्राप्त जानकारी अनुसार राजगञ्ज ब्लक अन्तर्गत सुखानी ग्राम पञ्चायतको सीमा संलग्न साहेबपाडा इलाका निवासी परिमल बसुनियाको घरमा मंगलवार राति आगो लाग्दा घर जलेर भष्म भएको छ। स्थानीय मानिसहरू अनि बीएसएफ-का जवानहरूको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याइयो। यसपछि फूलबारीबाट दमकलको एउटा गाडी पनि घटनास्थलमा आइपुगेको थियो। आगलागीको समय घरमा कोही पनि नरहेकोले गर्दा कसैलाई पनि चोटपटक नलागेको बताइएको छ। आगो के कारणले लाग्यो भन्ने कुराको सटिक पत्तो लागेको छैन। उक्त आगलागीको घटना पछि इलाकावासीहरूले राजगञ्ज इलाकामा अग्निशमन केन्द्रको मांग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *