राजगञ्जमा सडक निर्माणको विधायक खगेश्वर रायले गरे शिलान्यास

राजगञ्ज (निसं): राजगञ्जका विधायक खगेश्वर रायले पक्का सडक निर्माण कार्यको आज विधिवत् शिलान्यास गरे। राजगञ्ज ब्लक अन्तर्गत बिन्नागढी ग्राम पञ्चायतको साहूडाँगी मोडदेखि हातियाडांगा सम्मको लगभग साढ़े तीन किलोमीटर सडक निर्माणको काम शुरू भएको छ।  उक्त सडक 2 करोड 58 लाख रूपियाँको लागतमा उत्तर बंगाल विकास विभागको सहयोगद्वारा बनाइने भएको छ। यसबारे राजगञ्जका विधायक खगेश्वर रायले बताए अनुसार यो सडक एउटा महत्वपूर्ण सडक हो। सडकको निर्माण 2014-मा नै भएको थियो तर अहिले सडकको अवस्था जर्जर भएको छ। अब सडकको शिलान्यास भइसकेको छ भने हो यो सडक बनिएपछि इलाकाका सबै मानिसहरूलाई धेरै फाइदा पुग्ने तिनले बताएका छन्।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *