राजगञ्जको देवी चौधरानी मन्दिरको निर्माण कार्य शुरू

राजगञ्ज: दुई महिनापछि फेरि राजगञ्जको देवी चौधरानी मन्दिरको निर्माण कार्य शुरू भएको छ। आगो लागेर जलेको ऐतिहासिक देवी चौधरानी एवम् भवानी पाठकको मन्दिर निर्माण कार्य गत दिसम्बर महिनादेखि बन्द गरिएको थियो। स्मरण रहोस, ऐतिहासिक देवी चौधरानी एवम् भावानी पाठक मन्दिर विगत 23 फरवरी 2018-मा भयावह अग्नीकाण्डमा जलेर स्वाह भएको थियो। उक्त घटनापछि राज्यका पर्यटन मन्त्री गौतम देवले घटनास्थलको निरीक्षण गरेपछि मन्दिरको पुनर्निर्माण अनि सौन्दर्यीकरण सिलगढ़ी-जलपाइगढ़ी विकास प्रबन्धनद्वारा गरिने बताएका थिए। जुलाई 2019 देखि नै मन्दिर निर्माणको कार्य शुरू भए तापनि विभिन्न कारणले समस्या उत्पन्न भएपछि गत दिसम्बर महिनादेखि काम बन्द गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *