रजिस्ट्रारद्वारा प्राध्यापक अमिताभ कान्जीलालविरुद्ध थानामा अभियोग दर्ता

सिलगढी : सिलगढी कलेजका प्राध्यापक अमिताभ कान्जीलालले परीक्षामा उतीर्ण गराउनको लागि छात्रासित रुपियाँ मागेको अडियो क्लिप सार्वजनिक भएपछि यसलाई लिएर तिनीविरुद्ध थानामा अभियोग दर्ता गरेको छ। प्राप्त जानकारीअनुसार उत्तरबंग विश्वविद्यालयका रजिस्ट्रार दिलीप सरकारले आज यसबारे मतिगढा थानामा अभियोग दर्ता गरेका छन्। तिनले बताएअनुसार एकजना छात्राले सिलगढी कलेजको राजनीति विज्ञानका प्राध्यापक अमिताभ कान्जीलालविरुद्ध रुपियाँ मागेकोबारे कलेज कर्तृपक्षलाई अभियोग गरेपछि नै आज उक्त अभियोगको आधारमा आफूले अमिताभ कान्जीलालविरुद्ध थानामा अभियोग दर्ता गरेको बताए। सबै अडियो क्लिप प्रमाणको रूपमा पुलिसलाई सुम्पेको तिनले जनाए। उत्तरबंग विश्वविद्यालयसित सम्बन्धित कुनै परीक्षाको कार्यमा अमिताभ कान्जीलाल संलग्न छ अथवा छैन भन्नेबारे जाँच गरिने तिनले बताए। अर्कोतिर, उक्त घटनाको उच्च-स्तरीय जाँचको माग गर्दै दार्जिलिङ जिल्लाका तृणमूल अध्यक्ष रञ्जन सरकारले उत्तरबंग विश्वविद्यालय प्रबन्धक पक्षलाई एउटा ज्ञापन पत्र चढाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes