राजीव कपुरको निधन, बलिउड इन्डस्ट्रीमा शोकको माहौल

बलिउडका चर्चित अभिनेता ऋषि कपुर र रणधीर कपुरका भाइ राजीव कपुरको आज हृदयाघातको कारणले निधन भयो। आज तिनलाई अचानक हृदयाघात भएपछि तत्कालै रणधीर कपुरले अस्पताल पुर्‍याए तापनि त्यहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। तिनको निधनको समाचार फैलन साथै बलिउड इन्डस्ट्रीमा शोकको लहर छाएको छ। हिन्दी सिनेमा जगतका धेरैजना अभिनेता तथा अभिनेत्रीहरूले राजीव कपुरको निधनमा शोक व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *