राज काम्बाङको पहिलो कविता संग्रह “ढुङ्गाको मान्छे” लोकार्पण

बिजनबारी: जातिय कवि अगमसिंह गिरीको 93औँ जन्म जयन्तीको अवसर पारेर कवि राज काम्बाङकृत ढुङ्गाको मान्छे‘  कविता सङ्ग्रहको लोकार्पण गरियो। मुस्कान समूह, लोधोमा 1 र 2-को आयोजनमा रामचन्द्र काम्बाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भूपेन्द्र सुब्बा, विशिष्ट अतिथिहरूमा गोजमुमो रिम्बिक लोधोमा समष्टि सभापति नोर्देन शेर्पा, मणिचन्द्र राई,  डाय कमल पोखरेल, कवि कर्ण बिरह, कवि मुक्तिनाथ शर्मा शेषित‘, कवि  सुजनहाङ सुब्बा, कवि बिषन कार्की, अनिल राई, अञ्जलि राई आदि उपस्थित थिए। कार्यक्रममा दार्जिलिङ, बिजनबारी, रेलिङ क्षेत्रका कविहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको पहिलो चरणमा कवि गिरीको तस्विरमा खादा माला लगाई दिएर दीप प्रज्जवलन गरियो। यसपछि कवि गिरीको नाममा केक काटेर जन्म जयन्ती मनाइयो। दिवाकर कार्कीले स्वागत सम्भाषण राखेपछि कवि राज काम्बाङकृत कविता सङ्ग्रह ढुङ्गाको मान्छेको कार्यक्रमका सभापति, प्रमुख तथा विशिष्टहरूको बाहुलीबाट संयुक्त रूपमा विधिवत् लोकार्पण गरियो। यसरी कार्यक्रममा जीवन लिवाङले कृतिकारको बिषयमा परिचय साथै कृतिबारे समीक्षात्मक टिप्पणी राखे। यस अवसरमा कार्यक्रम मुस्कान-को पाँचौ स्थापना दिवसको पनि पालन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *