राजनैतिक स्वार्थको निम्ति उलेन रायको भाजपाले हत्या गरेको हो : गौतम देव

सिलगढी : भाजपाले राजनैतिक स्वार्थको लागि आफ्नो पार्टीको कार्यकर्ता उलेन रायको हत्या गरेको राज्यका पर्यटनमन्त्री गौतम देवले आरोप लगाएका छन्। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री देवले पोस्टमार्टमको रिपोर्टमा शट् गनले चलाएको गोली लागेर भाजपा कार्यकर्ता उलेनको हत्या भएको हो भन्ने दावी गर्दै पुलिसले कहिले पनि शट् गनको प्रयोग गर्दैन भनी तिनले बताए। यसको साथै गोली चलाएको दूरीलाई हेर्दा भाजपा कार्यकर्ताहरूले नै गोली चलाएको हुनसक्ने तिनले आशंका व्यक्त गरे। केवल राज्य सरकारलाई बदनाम गर्ने उद्देश्य लिएर उक्त षड्यन्त्र रचेको बताउँदै तिनले घटनाको तीव्र निन्दा पनि गरे। भाजपा कार्यकर्ता उलेन रायको हिजो राति नै पोस्टमार्टम गरेकोबारे भाजपाले बारम्बार प्रश्न गरिरहेको थियो। यस विषयमा घटनाको चाँडै जाँच होस् भन्ने उद्देश्य लिएर हिजो राति नै पोस्टमार्टम गरिएको मन्त्री देवले बताए। उक्त घटनालाई लिएर उच्च स्तरीय जाँच गरिने मन्त्री गौतम देवले पत्रकारहरूलाई बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *