राजनेता तथा सरकारदेखि अदेखा तीनधारे दुई नम्बर बस्तीका 72 वर्षीय इन्द्रमाया जीर्ण पुरानो घरमा बस्न बाध्य

खरसाङ : विभिन्न राजनैतिक दलहरूले चुनाउको समय ठूल्ठूलो विकासको हाँक पिट्ने तथा विविध विकासको सपना देखाए तापनि पहाड़को ग्रामीण क्षेत्रमा भने अझसम्म विकासको ग्राफ निक्कै कम रहेको देखिन्छ। सरकारले विभिन्न विकास योजनाको घोषणा गरे तापनि ग्रामीण क्षेत्रमा भने विकासको कार्यहरू कमै देखिन्छन्। ग्रामीण क्षेत्रका मानिसहरू अहिले पनि झोपड़ीमा बस्न बाध्य छन्। कोही जीर्णावस्थामा पुगेको घरमा बस्न बाध्य छन्। यी गरीब जनताको घर निर्माण कार्यको लागि किन पहल हुँदैन अनि किन सधैं यी गरीब जनताको घर बनिन्दैन प्रश्न स्वत: आउने गर्छन्। त्यस्तै एउटा उदाहरण हो खरसाङ महकुमा अन्तर्गत तीनधारेदेखि केही मुनि रहेको अप्पर दुई नम्बर बस्तीमा 72 वर्षीय इन्द्रमाया राई अहिले जीर्णावस्थामा पुगेको घरमा बस्न बाध्य छन्। घैयाबारी ग्राम पञ्चायत दुईभित्र पर्ने अप्पर दुई नम्बर बस्तीमा रहेको घरमा उनी आफ्ना दुईजना नातिनीहरूसित बसिरहेकी छन्। तर अहिलेसम्म उनको घर कुनै विभागबाट बनिएको छैन।

विगत 40-45 वर्ष अघि बनाएको घर अहिले पुरै जीर्णावस्थामा पुगेको छ अनि त्यही जीर्णावस्थामा पुगेको घरमा बस्न बाध्य छन् तिनीहरू। आफै घर बनाउनु पनि कुनै आय आर्जनको साधन छैन। केवल वृध्दा भत्ताको भरमा घर चलाइरहेकी छन्। तथापि कुनै पनि राजनैतिक दलका नेता तथा विभागीय अधिकारीहरूको उक्त जीर्ण अवस्थामा पुगेको घरमाथि अझसम्म पर्न सकेको छैन। इन्द्रमाया राई दुखेसो पोख्दै भन्छिन्, अहिले कुनै ठूलो हावा चल्यो भने घरै भत्काउला जस्तो हुन्छ अनि पानी झरीको समय झनै घर चुहेर बस्न नसक्ने हुन्छ। त्यसैले सरकारले मेरो घर बनाई दिए धेरै राम्रो हुने थियो। तिनले अहिले दुईवटा रेसिज्म पञ्चायतबाट अनि अर्को दुईवटा आफै किनेर जम्मा चारवटा पोलिथिन लगाएर घर छोपेर पानी चुहुनलाई रोकेर राखेको तर अब वर्षा शुरु भएपछि घरमा बस्न मुश्किल हुने गहभरि आंशु बोकेर तिनले आफ्नो गुनासो पोखेकी छन्। तिनले बताए अनुसार घर बनाइदिने निवेदन गर्दै सरकारलाई कागज पत्रहरू दुईपल्ट बुझाएको तर अहिलेसम्म घर किन नबनिएको हो, आफुलाई थाहा नभएको 72 वर्ष पुगेकी इन्द्रमाया राईले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes