राजनीतिक रूपमा बिमल गुरुङ र रोशन गिरीसित भेट गर्ने इच्छा छैन : अशोक भट्टाचार्य

सिलगढी : राजनीतिक रूपमा बिमल गुरुङ र रोशन गिरीसित भेट गर्ने इच्छा नरहेको सिलगढीका विधायक तथा नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान अशोक भट्टाचार्यले बताए। हालैमा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ र महासचिव रोशन गिरीले वाम गठबन्धनको सहयोगी दल दार्जिलिङ जिल्ला कांग्रेसका अध्यक्ष शंकर मालाकारसित एउटा बैठक गरेको थियो। यसपछि बिमल र रोशनले अशोक भट्टाचार्यसित पनि भेट गर्नेछ भन्ने उडन्ते खबर फैलिएको थियो। पत्रकारहरूसित कुराकानी गर्दै भट्टाचार्यले एकजना प्रतिनिधिको रूपमा कसैले पनि आफूसित भेट गर्न सक्ने तर राजनीतिक रूपमा बिमल गुरुङ र रोशन गिरीसित भेट गर्ने आफ्नो इच्छा नरहेको तिनले बताए। तथापि बिमल गुरूङले आफूसित भेट गर्नेबारे कुनै प्रकारको प्रस्ताव नआएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *